नियम २४२
विज्ञ वा विज्ञ समूह सम्बन्धी व्यवस्था

(१) सभामुखले सभा वा समितिको काममा सहयोग पु¥याउन आवश्यकता अनुसार विज्ञको नियुक्ति वा विज्ञ समूहको गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्त भएको विज्ञ वा गठन भएको विज्ञ समूहको पारिश्रमिक र सेवाका शर्त सभामुखले निर्धारण गरे बमोजिम हुनेछ ।